Yamunathapablog

Thursday, May 31, 2018

सुन्दर मिलन

सुन्दर मिलन                                 
जब जब बानेश्वरको बाटो बिहान बिहान हिड्छु पाँच बर्ष पहिले कलेज पढेको खुब याद आउँछ।त्यो शङ्खमुल कलेज ति कहाँ कहाँबाट भेटिन आईपुगेका साथिहरू अनि ऊ जो कहिल्यौ मेरो मन बाट टाढा भइन, न हिजो, न आज के थाहा भोलि मेरै अङ्गालोमा पो हुनेछेकि ... हा हा !!

साउनको पहिलो हप्ता सिमसिम पानि परिरहेको थियो ।हाम्रो कलेजको पहिलो दिन भर्खर एस् एल सि सकेर कलेज पढ्न आएका हामि नयाँ जोस,नयाँ उमंग अनि नयाँ उत्साह साथ के के नै गरेर, के के नै गर्न आएको जस्तो अहिले समझिदा पो हासो लाग्छ..त्यतिबेलाको त कुरै अर्कै ।कलेजका दिनहरु जसै अघि बढ्दै थिए । कक्षामा सबै जसो बिध्यार्थिहरु आउने क्रम जारि थियो ।एकदिन पहिलो पिरियड सुरु हुदै थियो । ढोकाबाट आवाज आयो मे आई कमईन सर ? त्यो आवाजले हामि सबैलाई तान्यो ।हामि सबैको नजर एकैचोटि ढोकामा गएर अढियो, रातो कुर्ता कालो सुरुवाल,कालो सल,न ओठमा लालि थियो,न आखाँमा गाजल गहुगोरो वर्णकि पातलि केटि ढोकामा उभिएकि थिई ।सरले हकारेर भन्नु भयो यहि हो हजुरको कलेज आउने समय । उ सरि सर लेट भयो भन्दै मेरै छेउ आएर बसि सायद बाकि बेन्च खालि नभएर पनि हुनसक्छ।

त्यसपछिका दिनहरुमा मैले कहिल्यै उ त्यसरि लेट भएको देखीन ।उ एकदम कम बोल्थि र धेरैसंग पनि बोल्दैन थिई ।उसमा त्यस्तो के थियो म जान्दिन तर पहिलो पल्ट नै मेरा नजर उमाथि टक्क रोकएका थिइ त्यसैले पनि अब म उसलाई पछ्याउन थालेको थिए।जबजब म उसलाई निहाल्थे, उ चुपचाप बसिरहेकी हुन्थी, म सोच्थे यो केटि के सोचेर यसरी हराउछे होला,कहाँ हराउछे होला। उसको यो चुपचापपन अनि घण्टौ कतै हराउने बानिले नै होला म उ तर्फ आकर्षण भैरहेको थिए। मैले यसभन्दा अगाडि पनि कंयौ केटिहरुसंग फल्ट नगरेको हैन तर उसँग फल्ट गर्ने धुनमा म उसंग प्रेम पो गर्न थालिसकेकोछु । उ भने मेरा अनेकौं छट्पटीसंग र बेचैनिसंग अन्जान अन्जान आफ्नै संसारमा ब्यस्त हुन्थी । बिस्तारै म उसंग बोल्न थालेको थिए ।उ एकदम कम बोल्ने मान्छे तर अरुसंग भन्दा बढी मैसंग बोल्थी सायद बेलाबेलामा म बोलिरहने भएकाले होला । कलेजको पहिलो बर्ष बिस्तारै सकिँदै थियो र पहिलो बर्षको अन्तिम परिक्षा नजिक आइरहेको थियो । पढ्नु जरुरी थियो र घरकालागी पास हुन अझ जरुरी थियो । न उ मसंग राम्रो संग बोल्थि न म उसलाई सताउन छोड्थे यसरि नै हाम्रो कलेजको पहिलो बर्ष सकियो । 

हामि कलेजको दोस्रो बर्मा थियौ ।कलेजमा नया विद्यार्थी आउने क्रम जारी थियो। नंया विद्यार्थीलाई पुराना बिध्यार्थिले र्‍यागिङ गर्न सुरु गरिसकेका थिए ।अब त र्‍यागिङ कलेजको परम्परा झै भैसकेको थियो केटाहरू भन्थे पहिलो बर्षमा त नयाँ नया केटिहरु आएका छन राम्री पनि छन् । एउटा राम्री हेरेर तेरि भाउजू बनाउनु पर्छ । तर मेरो ध्यान भने उ बाट घट्नै मान्दैनथ्यो उ मलाई दिनप्रतिदिन झन झन रहस्यमयी लाग्दै थिइ भन्छन् जुन चिज आफुसंग हुदैन त्यसैको चाहाना बढी हुन्छ उ अब मेरो चाहाना मात्र हैन सबथोक बनिसकेकि थिए । चाहाना हद एककिसिमले धेरै बढिसकेको थियो । तर भने सबथोक जानेर पनि अन्जान झै गर्थी । उ यति सम्म बेमत्लब गर्थी कि यस्ती केटि मैले आजसम्म मेरो जिन्दगीमा देखेको पनि थिन र छैन पनि  कहिलेकाही कलेजवाट घर फर्किदा उसंगै हुन्थे म । म अनेकौं कुरा गर्थे उ बस एउटा जबाफ फर्काउथी अब मेरो घर आयो । उफ! हैरान हुन्थे उसको बेपर्बाहसंगअब उ मेरो जिन्दगीको एउटा हिस्सा झै बनेसकेकि थिइ । सबथोक जानेर पनि अन्जान बनेकि उ। अनि उ यस्ती छ भनेर थाहा हुदाहुदै पनि उसको पछिपछी लाग्ने म वा! क्या गजबको प्रेम छ।

दसै बिदापछी हाम्रो पहिले बर्षको रिजल्ट प्रकाशीत भएको खबर आयो । हामि सबैलाई आ-आफ्नो रिजल्ट हेर्नको हतार थियो । मैले पनि आफ्नो रिजल्ट हेरे पास भनेर देखायो। मेरो खुशिको सिमा नै रहेन ।म खुशिले उफ्रिन थाले । घरका पनि खुशी भए । आफ्नो रिजल्ट हेर्ने धुनमा मैले त उसको रिजल्ट बारे बिर्सेछु।हेर्छु भने उसको सिम्बोल न. नै थिएन । भोलिपल्ट कलेजमा गएपछि थाहा भयो सबैको रिजल्ट राम्रो भएको कुरा अनि त्यही खुशियालिमा कलेजले सानो कार्यक्रम पनि राखेको रहेछ ।कार्यक्रम मार्फत सरले भन्नू भयो राम्रो रिजल्ट ल्याएर पास हुन सफल भएकोमा हाम्रा सबै विद्यार्थीलाई धेरै धेरै बधाई छ र सबैभन्दा धेरै प्रतिशत बयानब्बे प्रतिशत ल्याइ केलेज टप गर्न सफल भएकोमा हाम्री छात्र नैना शर्मालाई अझ धेरै धेरै बधाई।

जब सरले नैनाको नाम लिनु भयो म त अबाक भए किनकि नैना त्यही केटि थिइ जसलाई म मेरा नजरले बारम्बार पछ्यउथे ।अघिसम्म उसको रिजल्थ के भयो होला भनेर ढुकढुक गरिरहेको थियो मेरो मन अब भने टपर नैना ओहो! अब भने झन मेरो खुसिको सिमा रहेन। जे होस त्यसदिनदेखि सोझी नैनाको अगाडि टपर नैनाको ट्याग लाग्यो।यसै त बोल्दा यति भाउ खोज्ने केटि अब के छुन सकिन्थ्यो होला र ! यस्तै सोचेर उसँग बोल्न अलि कम गरेको थिए मैले तर अचम्म अरुसंग त थाहा छैन तर मसंग बोल्ने उसको ब्यवहारमा अलिकती पनि परिवर्तन भएन कोहि मान्छे कसरी यस्तो हुनसक्छ, एकअर्थमा भन्ने हो भने उसलाई मेरा खुशिसंग,दुखसंग,बेचैनी छट्पटीसंग कुनै मत्लब नै थिएन या उ मत्लब नभए झै गर्थि थाहा भएन र यसैगरि हाम्रो दुई बर्षको कलेज लाइफ पनि सकियो अन्तिम परिक्षासंगै हामी सबै छुटिएयौ । एकाअर्कालाई मनमा समेटेर,केहि पलहरुलाई क्यामरामा कैद गरेर फेरि नयाँ बाटो तर्फ हिडेका थियौ हामी सबैजना । र उसैगरी बिदा भएकी थिइ नैनापनि।कमसेकम छुट्टिने बेला केही भन्नु अह उ केही बोलिन बस यत्ती भनी बाटो भेटिदा तर्केर नहिड्नु है !

म त उसगै जिन्दगीको बाटो तय गर्न चाहन्थे।उ भेट्दा नतर्किने कुरा गर्दैथि तर किन किन यसपटक भने उसलाई केही भन्न लागेन र उ प्रतिको प्रेमलाई मनमा संगाल्दै म पनि आफ्नो बाटो लागे ... त्यसपछिका यतिका बर्षसम्म पनि मैले नैनालाई भुलाउन सकिन उ पनि मलाई सम्झेर आइन .. र मेरो प्रेम कहानीको कुनै अन्त्य भएन र भएको पनि छैन किनकि मेरो मनले भन्छ उ एकदिन अवश्य आउनेछे र भन्छे प्रेम मलाई तिम्रो प्रेमले आखिर तानेरै छोड्यो तिमिसम्म।हाम्रो मिलन हुनेछ र त्यो मिलन दुनियाको सुन्दर मिलन हुनेछ..... ।

x

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...