मुक्त
.......आज म अरु दिन भन्दा अलि बढी ब्यत्तित छु,हुन त म ब्यत्तित नभएका सायदै दिनहरु होलान् । जिन्दगीले पनि मसंग बेलाबेलामा खेलहरु खेलिरहेको हुन्छ,कहिले जित्छु,कहिले हार्छु,जितेको बेला संसारलाइ देखाउदै खुशी हुन्छु,हारेको बेला एक्लै कोठामा आँसु पुच्दै बस्छु ।
आज म ब्यत्तित यो कारणले छैन कि म जिन्दगीसंग हारे बरु ब्यत्तीत त यो कारणले छु कि आज ती पुराना घाउहरु बल्झिएका छन। जसलाइ मैले सम्मालेर मनैभित्र कतै लुकाएकी थिए । भन्छन् दुस्मन खोज्न टाढा जानुपर्दैन,हो हरेछ आज त्यो घाउ बल्झाउने पनि तिनै आफन्तहरु हुन जसलाई मैले सबैभन्दा नजिकको सोच्थे। जिन्दगी कति पनि महान छ, समय पनि साह्रै बलवान् छ ।जसको प्रमाण समयले मलाई बेलाबेलामा दिरहन्छ र ती मध्य एक हो आजको दिन जहाँ मेरा आफन्त भनौदाहरुको बास्तबिकतासंग आज समयले मलाइ रुबरु गराइदिएको छ ।
फेरि पनि म कृतज्ञ छु समयसंग अब ती आफन्त भन्दाउदाहरुलाइ मैले पहिले जसरी मान मर्यादा गरिरहनु पर्दैन र म तिनीहरु मेरा आफ्ना हुन भन्ने भ्रमबाट पनि मुक्त पनि भएकी छु ।
No comments:
Post a Comment