Yamunathapablog

Wednesday, September 25, 2024

साथ

प्रीय मान्छे                               

जसको निम्ति तिमीले 

मलाई छोडेर गयौ 

उसंग तिम्रो साथ 

यति गहिरो होस कि 

तिमिलाई मेरो साथ

कहिल्यै यादसम्म न रहोस, 


जुन प्रेमको निम्ति 

तिमीले 

मेरो प्रेम लत्याएर गयौ 

त्यो प्रेमसंग 

तिमी यति समिप हुनु कि 

तिमीलाई समिपपनको

आभास सम्म  नहोस, 


जुन उचाइको कामनामा 

तिमीले धर्ति छोडेयौ 

तिमीलाई यो धर्तिसंग 

फेरि 

कहिल्यै जोडिन नपरोस ,


बस 

तिमी साथहरुका 

माझ हराइ रहनु 

प्रेमका माझ रुमलिरहनु 

र उचाईको 

आनन्द उठाइ रहनु ,


कसैले मलाई सोधेछ 

भने म भन्नेछु-

“प्रेम रित हो निभाइरहनु छ 

यो नसकिने कहानि हो 

युगौयुगसम्म बाचिरहनु छ” ।


No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...