सम्बन्धको
हिसाबकिताब एकातिर
कहिलेकाहीँ
जिन्दगी नितान्त
आफ्नो पनि त हुन्छ
सम्झ्नु पर्ने हजार कुराहरु हुन्छन
कहिलेकाहीँ
बिर्सन पनि त पाइन्छ
आज तिमि हुनु नहुनुको
सत्य एकातिर
कुनैदिन तिमी
सबैभन्दा प्रीय थियौ
कहिलेकाहीँ
यहि एहिसास पनि त काफि हुन्छ
छलिन्छन कयौ कुरा नजरबाट
सबै आफ्नै हुनुपर्छ
भन्ने पनि त छैन
हो आफ्नो हुनु र आफ्नो लाग्नु
फरक कुरा हुन
कहिलेकाहीँ
कुनै कुरा यसै मानिदिन
मन लाग्छ
आफ्नो हैन
जान्दाजान्दै पनि
आफ्नो भनि दिन मन लाग्छ
बिर्सिएर दुनियाका सारा रित
नितान्त आफ्नो बनि दिन मन लाग्छ
चोरेर तिमिलाई
आफै भित्र लुकाइ दिन मन लाग्छ ।।
Yamunathapablog
Thursday, November 30, 2023
आफ्नो भनि दिन मन लाग्छ ।
Subscribe to:
Post Comments (Atom)
उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा
लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...
-
प्रीयतम आज संसारभर नारी दिवस मनाइदै छ , अझ भनौ महिला श्रमिक दिबस त्यो पनि ११२औ महिला श्रमिक दिवस । यो पटक पनि हरेक वर्ष जस्तै आज पनि ...
-
उसको नाममा कोरेका यी अनगिन्ती पत्रहरु अझ प्रेमपत्रहरु ऊ कोर्दै र फाल्दै गरिरहेकी छे यसै गर्दागर्दै कतिबेला उसको कोठकाे सानो डस्बिन भरिन्...
-
लामो समयको बाहिर बसाई पछि म यतिबेला आफ्नो गाउँमा आइपुगेगिछु । अझै भनौ नेपालमा चलिरहेको दोस्रो लकडाउनमा म आफ्नो घर आगनमा छु । लकडाउनले सहर ब...
No comments:
Post a Comment