न जुनले घामलाई भेट्छ
फेरि पनि
घाम र जुनको प्रेम
यो धर्तीमा स्मरणीए
अनुपम छ
मान्छेहरू भन्छन
“प्रेम त्यहि सम्भव छ,जहाँ सामिप्यता छ”
तर माया जबजब
म बिना कुनै अपेक्षा
अबिरल बगिरहने
ती दुई किनाराहरु देख्छु
सारा दुनिया झुटो लाग्छ
प्रेम त्यहि मजबुत देख्छु
प्रेम त्यहि निखारिएको देख्छु
जहा विश्वासको जरा बलियो छ
दुनिया रातका कुरा गर्छन
जब म चखेवाको जोडि देख्छु
लाग्छ
प्रेम कहा रातको मोहोताज छ र
प्रेम त भरोसा र आत्मसम्मानको
आदि छ
होलान संसारका
आफ्नै रितहरु
तर जब कुरा प्रेमको आउछ
प्रेम सदा मनसंग जोडिन्छ
र मनलाई साक्षी राखेर
जोडिएको प्रेम
हर सम्बन्ध भन्दा पर हुन्छ ।।

No comments:
Post a Comment