Yamunathapablog

Tuesday, August 15, 2023

मन हिम्मत

प्रीयतम


कहिलेकाहीँ भावी हुनेरहेछन्

रहरहरु

वास्तविकता माथी


चाहे वास्तविकताको

स्वरुप जति नै क्रूर किन नहोस्

मन हराउने रहेछ

कल्पनाको आगनमा

र कल्पिदोरहेछ तिमीसंगको

सुन्दर सामीप्यतालाई


पन्छाएर  सारा रितहरु

नाच्दो रहेछ मन

गुनगुनाएर आफ्नै भाकामा


बिर्सिएर सारा थकानहरु

मन ओत लाग्छ आफ्नै मनको

चौतारीमा र बुन्न थाल्छ तिमीसंग

संसार घुमेको सपना


भ्रमहरु क्षणिक हुन

जान्दाजान्दै पनि

मनले हिम्मत गर्दो रहेछ

उत्साहको न्यानोपन सहित

बोकेर स्वतन्त्रता

आफ्नै आकाशमा उड्ने ।।



No comments:

Post a Comment

प्रेमको झरी

सागर भेट्न आकास छोडेका  यि पानीका थोपाहरु कयौं जीवनमा  जीवन थप्दै हिडेका छन् फेरि कयौं जीवन आफैमा  सिमित गरिदिएका छन  म यी पानीका थोपामा  जी...