Yamunathapablog

Thursday, November 25, 2021

"तिमीसँग आफूलाई पाएर म खास महसुस गर्छु ।"

मैले बाँचिरहेको जिन्दगीको जिन्दगी हौ तिमी

जिन्दगीको हरेक पलको प्रीय मान्छे हौ तिमी,


संसारका सारा कुरा एकातिर 

तिमीलाई सम्झेको पल अर्कोतिर

साँच्चै, 

हरेक कुराको बारेमा म पुन:सोचेपनि 

किन किन तिमीलाई सम्झेर ढुक्क हुन्छु म,


यी दिनहरुमा,

तिमी कुन पलमा छौ यो सोच्न मन लाग्दैन

तिमी कुन पलमा छैनौ बस यहि अहिसास काफी भइदिन्छ,

मुस्कुराउनलाई, बाँच्नलाई अनि खुसी छर्नलाई


बादलबिनाका वर्षाहरु, घामपानी बिनाका 

इन्द्रधनुशहरु, क्यानभासबिनाका चित्रहरु 

रङ्गबिनाका रङ्गहरु ...... 


आहा! कती सुन्दर बनी दिन्छन् 

यी जब मात्र प्रेमको प्रेमिल रङ्गले रङ्गिनछन्, सिङ्गारिन्छन् 

म यसै यसै लजाउन पुग्छ जब 

यि मलाई आफूमा समाहित गराउन मेरो पछि भाग्छन् ...


भन्छन् "प्रेम खास हुँदैन प्रेमले प्रेमका 

ती प्रत्येक पलहरुलाई खास बनाइदिन्छ"।


थाहा छ,

"तिमीलाई आफूसँग पाएर म खास महसुस गर्दिन, 

तिमीसँग आफूलाई पाएर म खास महसुस गर्छु ।।"



1 comment:

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...