Yamunathapablog

Sunday, November 18, 2018

ओ प्रेमी


आज तिम्रो नाममा बन्द खाम पठाउदै छु
प्रेमि,
यो तिम्रि त्यहि प्रेमिकाको बन्द खाम हो,
जसले तिमिलाई कहिल्यै प्रेमी मानिन,

तिमिले हरफमा मागेको प्रेमको गहिराईलाई बुझिन,
तिमिले शब्दमा बया गरेको प्रेम भित्रको जिन्दगीलाई बुझिन,

ओ प्रेमी !
मलाई यतिबेला तिमि माफ गरिदिदेउ है, 
जब म तिमि र तिम्रो प्रेमबाट टाढा भए 
त्यसपछि पो म प्रेमको गरिराईमा डुब्दैछु,
प्रेमको अभावमा छट्पट्याउदै छु,
तिमिलाई बुझ्दै छु,
अझ प्रेम बुझ्दै छु,

किनकी मैले यतिबेला आएर जाने
छुटेर जानेहरु नै यादमा बढी आउरहेछन्,
घृणा गरेकाहरु नै अन्तत प्रीय बन्ने रहेछन्
उनिहरु नै जिबनको मीठो गीत हुदांँ रहेछन्,
अनि संसार कै सुन्दर प्रीत हुदांँ रहेछन्,

त्यसैले आज म कहि न कहि
तिम्रै प्रेमको आदर्शमा तिमिलाई नै गुरु मानेर
तिम्रै प्रेमको बाटो पछ्याइरहेकी छु
ओ प्रेमी !!

1 comment:

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...