Yamunathapablog

Sunday, July 19, 2026

प्रेमको झरी

सागर भेट्न आकास छोडेका 

यि पानीका थोपाहरु

कयौं जीवनमा 

जीवन थप्दै हिडेका छन्

फेरि

कयौं जीवन आफैमा 

सिमित गरिदिएका छन 


म यी पानीका थोपामा 

जीवन देख्छु 

जीवनमा प्रेम भेट्छु 

अनि

तिमीलाई सम्झिन्छु 

भेट्ने चाहाना अझ तिव्र भएर आउछ 

म एकछिन सास रोक्छु

र पानीका थोपासंग सम्मेलित हुन्छु 


यी पानि प्रत्येक थोपाका स्पर्शले

मलाई 

तिम्रो अनुभूति गराउछन्

तिम्रो शून्यतालाई पुरा गराउछन् 


म जसै झरीको समिप हुन्छ

खालीपन पूर्णतामा बदलिन्छ

म रमाउन थाल्छु 

पानीका थोपासंग

म रुझ्न थाल्छु झरीमा 

हो प्रेमको झरीमा 

तिम्रो प्रेमको परीपूर्णतामा 

प्रीयतम 💞💞



Tuesday, March 3, 2026

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

 
लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब
होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा राखेर पढ्न थाल्छु । सोच्छु मैले त केही पढेकै रहेनछु । अझ पढ्नुपर्ने, जान्नु पर्ने, कैयौं कुराहरु बाँकी रहेछन । यस्तै क्रममा वरिष्ठ अधिवत्ता हरिप्रसाद उप्रेतीले जीवन, सङ्घर्ष अनि आफ्ना अनुभवलाई समेटेर लेख्नु भएको पुस्तक “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” पुस्तक पढ्न सुरु गरे । पुस्तक जब पढेर सके । ती किताबका शब्दमा यसरी हराएँ कि ती शब्दहरु मेरा मन मष्तिकमा गहिरो गरी समाउन पुगे । यसै पनि मलाई शब्दहरु खुब मन पर्छन् । त्यो पुस्तक पढिसकेपछि वरिष्ठ अधिवत्ता हरिप्रसाद उप्रेतीलाई “साहित्यकार हरिप्रसाद उप्रेती” भनेर सम्बोधन गर्न मन लाग्यो। पुस्तक सजिलो छ, बुझिने छ। कही कतै अल्झिन मन लाग्दैन, कही कतै पट्यार लाग्दैन र कही कतै पुस्तकलाई छोड्न मन लाग्दैन । लेखेकले आफ्नो जीवनका हरेक अवस्थालाई पूर्ण इमानदारिताका साथ यस पुस्कतमा उतार्नु भएको छ । ताप्लेजुङको विकट गाउँमा जन्मिएर वरिष्ठ अधिवत्ता अनि नेपाल बार एसोसिएसनको उपाध्यक्षसम्मको जीवन भोगाईमा आएका पारिवारिक, सामाजिक र पेसा व्यवसायका उतारचढाबलाई लेखकले बडो सुन्दरताका साथ पुस्तकामा पस्किनु भएको छ । एउटा सामान्य विद्यालयमा पढेर न्याय क्षेत्रको आकाशलाई अझ फराकिलो बनाउदै त्यो आकाशमा आफू पनि चम्किनु र त्यो आकाशलाई पनि चम्किलो बनाउनु कुनै सामान्य कुरा हैन ।
“पञ्चामृत खाएपछि जन्मेको म” भन्ने प्रसङ्गबाट पुस्तकको सुरुवात भएको छ । ताप्लेजुङको सामान्य गाउँबाट अक्षर चिन्न आरम्भ गर्नु भएका लेखकले पछि बसाइ सरेर झापाको सुरुङ्गामा पुगेपछि झापाको सुरुङ्गा, तोपगाछी हुदै राजविराज र पछि काठमाडौंमा आफ्नो अध्ययनको सिलसिला पूरा गर्नु भएको छ। लेखकले झापाको सुरुङ्गामा बिताएको बालापनदेखि व्यस्कसम्मको समयलाई र सुरुङ्गासँगको असीमित प्रेमलाई अत्यन्त सुन्दर र मार्मिक ढङ्गले पुस्तकमा पस्किनु भएको छ ।
जब जब “मेरो सुरुङ्गा” भन्ने परिच्छेदलाई पढ्न थालिन्छ, मन यसै यसै सुरुङ्गामा पुग्छ र लेखकसँगै सुरुङ्गाको सुन्दरतासँग रमाउन पुगिन्छ। अझ भनौँ लेखकले पाठकलाई आफूसंगै सुरुङ्गा घुमाउन सफल हुनु भएको छ। लेखकको पितृ प्रेम पनि अगाध छ । पितासँग अन्तिम पटक छुट्नु पर्दाको त्यो पिडा, त्यो छटपटी, त्यो कहील्यै पूरा नहुने दु:ख जसलाई पढ्दा मात्र पनि दुखको बोध हुन्छ। मन भारी हुन्छ र आँखाहरु रुझ्न थाल्छन् । यसरी पनि थाहा हुन्छ कि लेखकसँग कती कमलो हृदय रहेछ भनेर ।
यस पुस्तकमार्फत हामीलाई लेखकको सहयोगी भावना पनि ज्ञात हुन्छ । “मरेपछि खाली हात जानु पर्छ, त्यसैले छोडेर जानुभन्दा दिएर गएको राम्रो” भन्ने कुरालाई लेखकले आफ्नो पितापुर्खाको नाममा आफू पढेको विध्यालयमा अक्षय कोष खडा गरी विद्यार्थिहरुलाई दिने गरेको छात्रवृत्तिबाट प्रस्ट हुन्छ। र यसरी लेखक प्रेम, स्नेह, सद्भाव र आफ्नोपन बाढ्न पनी पछी पर्नु भएको छैन।  
लेखक न्याय क्षेत्रमा कसरी आफू स्थापित हुन पुग्नु भयो र “कर्मचारीको मुद्दाका वकिल” भनेर चिनिन कसरी सफल हुनु भयो भन्ने कुरा पनि निकै रुचिकर छ । जीवनको सङ्घर्षबाट नथाक्ने, नआत्तिन्ने र आफूमा पूर्ण विश्वासका साथ आफ्नो काममा लागिपर्ने अरुको नराम्रो नचिताउने र अरुको नराम्रो नगर्ने स्वभावका कारण लेखक आज कानुनको नक्षत्रमा परिचित हुनुहुन्छ ।
बहुदलपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले कर्मचारीमाथि गरेको दमन र अत्याचारका विरुध्दमा लड्दा लड्दै पनि सरकार पक्षले आफ्नो कुरा नसुनेको र बारम्बार अत्याचार गरेपछि कर्मचारी आन्दोलनलाई नेतृत्व गरिरहनु भएका लेखकले तत्कालीन सरकार विरुध्द सरकार बाहिर बसेर लड्नका लागी आफ्नो आठ बर्से जागिरे जीवनलाई राजीनमा दिई न्याय क्षेत्रमा कदम राख्नु भएको रहेछ । अत: लेखक यो क्षेत्रमा आफ्नो कदम जमाउन सफल मात्र हुनु भएन। आफूजस्ता अन्यायमा परेका कर्मचारीलाई न्याय दिलाउन पनि सफल हुनु भयो । कर्मचारी जीवनलाई राजिनामा दिई न्यायक्षेत्रमा सक्रिय हुनुभएका लेखकले आफूले वकालत पेसामा प्रवेश गरेदेखि आजका समयसम्म काम गर्दाका बाधा अड्चन, आरोह अवरोह अनि आफूलाई मिलेको सहयोगका बारेमा सिलसिलबद्ध रुपमा लेख्नु भएको छ।
अर्को कुरा लेखकले आफूले वकालत गर्दा सर्वोच्च अदालतका “न्यायाधीसहरुसँगको संयोग’ र “प्रधानन्यायाधीशहरुको प्रसङ्ग”बारे लेखेका कुराहरु पनि यस पुस्तकका महत्त्वपूर्ण पक्षहरु हुन । जुन न्याय क्षेत्रमा लागेका म जस्ता सिकारुहरुका लागी अत्यन्त उपयोगी छन् । लेखकले कहीलेकाहीँ कस्ता कस्ता मुद्दाको पनि प्रतीनिधित्व गर्नुपर्ने हुन्छ र त्यसको असर कस्तो हुन्छ भन्ने कुरालाई पनि यस पुस्तकमा पस्किनु भएको छ । वकालत गर्ने क्रममा पक्षले न्यायलाई विश्वास नगरी मुद्दा छोड्न आग्रह गरेको र पक्षलाई थाहा नदिई आफ्नो खर्चमा मुद्दा लडेको उक्त मुद्दा जितेपछि पक्षलाई खबर गरेको कुरा र यस्तै अरु मुद्दा बारेमा पनि लेखकले यस पुस्तकमार्फत उजागर गर्नु भएको छ ।
लेखकले राष्ट्रपती रामवरण यादब हुँदा आफूलाई गरेको व्यवहार र विद्या भण्डारी राष्ट्रपती हुँदा गरेको व्यवहारबारे भिन्नता पाएको विषय बारेमा लेख्नु भएको छ । यो लेखकको व्यक्तिगत कुरा हो जस्तो लाग्छ किनकि एमालेप्रती गहिरो आस्था राख्ने र विद्या भण्डारीलाई २०५१ सालको चुनावमा राम्रो सहयोग गरेका कारणले लेखकले विद्या भण्डारीबाट राम्रो सम्बन्धको अपेक्षा राख्नु स्वभाविक कुरा हो जस्तो लाग्छ । लेखकले देशको तत्कालीन अवस्था अनि राजनीती पाटीहरुले जनताप्रती गरेको घात र राजनीतीमा पुगेका राम्रा व्यक्तिहरुले पनि जनताप्रती उत्तरदायी हुन नसकेको कुरामा जसरी कडा रुपमा प्रस्तुत हुनु भएकोछ त्यो सराहनीय छ ।

पुस्तकको अन्त्यमा लेखकले “किनभने ऊ सर्वोच्चको न्यायाधीश हो” भनेर जुन कथा लेखकले लेख्नु भएको छ उक्त कथा अहिलेको अवस्थाको सवैभन्दा वास्तविक कथा हो । उक्त कथाले न्याय र कानुनको क्षेत्रमा आस्था राख्ने सबैलाई छुन्छ र उनीहरुकै मनको कथा लेखेको आभास गराउँछ ।
लेखकले सामान्य कुरालाई पनि यस पुस्तकमा सुन्दर र विशिष्ट तरिकाले पस्कनु भएको छ । जब सामान्य कुराहरुले महत्त्व पाउछन् ती सामान्य रहँदैनन् । जब आम मान्छेका कुरा लेखिन्छन ती आम रहँदैनन् ती खास बन्छन् । लेखकले ती हरेक आम कुरालाई आफ्नो लेखनीमार्फत खास बनाउनु भएको छ। यही एउटा स्रष्टाको सुन्दर पक्ष हो । यसरी लेखकले आफ्नो लेखनीप्रती न्याय गरेको आभास हुन्छ र यो कुरामा लेखक कैयौं हदैसम्म सफल हुनुभएको छ ।
आजको समयमा हरकोही आफ्ना कमी कमजोरीहरुलाई लुकाउन, छोप्न, ढाक्न मात्र खोजिरहन्छन् र आफूलाई ठुलो देखाउन खोज्छन् तर लेखकले पुस्तकलाई बिट मार्दै गर्दा आफ्ना कमजोरीहरुलाई सम्पूर्ण रुपमा स्वीकार गर्दै आफूभित्रको “म” लाई उजागर गर्दै उक्त पुस्तकलाई बिट मार्नु भएको छ जुन पुस्तकको अर्को सुन्दर पक्ष हो ।
अन्त्यमा यो पुस्तक हरकोहीलाई पढ्न सुझाव छ । एउटा सामान्य मान्छेले कानुन र न्यायको आकाशलाई कती फराकिलो बनाएको छ र बनाउन सक्छ भन्ने कुरा पुस्तकबाट प्रष्ट हुन्छ । एउटा व्यक्तिले बसौँ खर्च गरेर हासिल गरेको अनुभवलाई एउटा पुस्तकमार्फत जान्न पाउनु हाम्रो सौभाग्यको कुरा हो । जसका निम्ति लेखक बधाईका पात्र हुनुहुन्छ । यसरी आफ्नो जीवनको अनुभवलाई साझा गरेर लेखकले हामीप्रती जुन गुण लगाउनु भएको छ त्यसको निम्ति लेखक प्रती धेरै धैरै आभार व्यक्त गर्नु समुचित हुने छ ।

Friday, October 24, 2025

समेट्न नसकिएको प्रेम

  

प्रीयतम 

तिम्रा हरेक यात्राहरुमा मैले हरपल कामना गरेकि छु कि तिम्रो हरेक यात्रा पहिला भन्दा अझ सुन्दर र पूर्ण बनोस, जसरी तिमीसंगकोहरेक यात्रामा मैले पूर्णता महसुस गरेकि छु त्यसरी नै हाम्रा यादहरु साचेर गरिरहेको तिम्रो यो यात्रा पनि अझ सुन्दर र सम्पूर्ण प्रेममय बनोस मेरो शुभकामना। साँच्चै माया तिमीसंगको सामिप्यता यति गहिरो, यति सुन्दर अनि यति आत्मिक होला भनेर मैले कहिल्यै सोचिन हरेक पल सतहि सोच्ने केटि म थाहै नपाई कसरी तिमीसंग यति गहिराईमा डुब्न पुगे म आफै हैरान छु। हामीले बिताएका प्रत्यक क्षणहरुले तिम्रो आगामिक यात्राहरुमा पुनर्ताजगी भरीरहुन हावाका प्रत्यक झोकाले हाम्रो प्रेमको सुगन्ध छरिरहुन र तिम्रा यात्राहरुलाई सहज बनाइरहुन मेरो कामना। 

…… प्रेम त्यो हैन जसलाई एकपटक पोखिसकेपछि रित्तियोस, एकपटक निछावर गरेपछि खालि होस प्रेम त त्यो हो जो आफैमा भरीपूर्ण छ, आफैमा सुन्दर छ अनि आफैमा तृप्त छ । जसले हरपल हरक्षण हामीलाई हामी हुनुको बोध गराइराख्छ, स्वतन्त्रता र सिमाको आभास गराइ राख्छ आफ्नो हुनुको आफ्नोपन जगाइ राख्छ। रोएका आँखाहरुमा मिठो मुस्स्कान छरिदिन्छ, उजाड मरभूमीमा हरियाली वर्षात गरिदिन्छ, शिशिरको उजाडपनमा वसन्तको बहार ल्याइदिन्छ। मनसंग मनलाई जोडेर प्रकृतिको समिप पुर्याइदिन्छ अनि विना रङ्गमा पनि प्रेमको रङ्गले रङ्गाएर चिटिक्क बनाइदिन्छ।

….. र खालि क्यानभासहरु प्रेमको रङ्गमा रङ्गिन अनि कोरिन आतुर हुन्छन इन्द्रेनी आफूमा आठौ रङ्ग भर्नको लागि लोभिन थाल्छ, रङ्गहरुको मिश्रणमा सबैभन्दा सुन्दर रङ्ग भनेको प्रेमको रङ्ग हुन्छ जसले जलेका मुटुमा प्रेमको शितल भरिदिन्छ अनि रुझेका आँखाहरु यसै यसै लोलाउछन ।

प्रेम हो नै यस्तै, रहेछ नै यस्तै प्रेममा प्रेमिका त्यतिबेला सुन्दर हुन्छे जब प्रेमीले प्रेमको हात थामीरहेको हुन्छ।म कहिलेकाहीँ सोच्छु प्रेम दुबैले उस्तै र उसैगरी गरेका हुन्छन तर प्रेम भार किन प्रेमी माथि मात्र निहित हुन्छ होला। सायद प्रेमको रितै यस्तो हो कि! 

सोह्र शृङ्गार किन एक्लै सुन्दर लाग्दैन होला गुलाफ एक्लै किन पुरा हुदैन होला यस्तै यस्तै ।

हरकसैले प्रेमलाई आफ्नै ढङ्गबाट मापन गरिरहेका हुन्छन ... आफ्नो आफ्नो विष्लेषणमा प्रेमको लेखाजोखा राखिरहेका हुन्छन । तर हरेक पटक म प्रेमलाई नयाँ कोणबाट हेर्ने,बुझ्ने र महसुस गर्ने कोशिश गरिरहेकि हुन्छु । हिजोसम्म आफ्नै सवाल थिए कसैकि सम्मानित प्रेमिका, सम्मनित पत्नि अनि बुहारी बन्न सक्छु होला कि नहोला, आम केटि देखि कसैको प्रेमिका, पत्नि र बुहारी बनिरहदा त्यो इज्जत, त्यो मान मर्यादा, त्यो प्रेम, त्यो आफ्नोपन र सम्मान पाउछु होला कि नहोला ... तर आज यि सबै सवाल जवाफबाट भिन्न उभिएर म आफैलाई सवाल गर्न थालेकि छु जति अपेक्षा मैले अरुबाट गरेकि छु के म त्यति नै अरुको अपेक्षा पुरा उत्रीन सक्छु होला कि नहोला यस्तै यस्तै .....। 

जिन्दगीको मझदारमा उभिएर कहिलेकहीँ कयौं प्रश्नहरु आफै माथि तेर्साउन मन लाग्दो रहेछ । जस्तो प्रेम।प्रेमीका र जीवन साथिबिच भिन्नता छुट्याउन मन लाग्दो रहेछ । प्रेमी।प्रेमीका जीवन साथी बनेपछी प्रेमी।प्रेमीका बनिरहन्छन् कि रहदैनन् होला सोच्न मन लाग्दो रहेछ। सधै आफ्ना कुरा मात्र प्राथमिकतामा राख्ने म जस्ता केटिहरुले यस बारेमा के सोच्छन मलाई थाहा छैन तर मलाइ लाग्छ कसैलाई जीवनसाथि भने पछि जीवनसाथिको स्थानमा राख्नु पर्छ, त्यहि सम्मान र त्यहि इज्जत दिनुपर्छ। हुना त नेपाली समाज त्यति पनि आधुनिक भइसकेको छैन कि पत्निका कुरालाई प्राथमिकतामा राखोस तर यो मेरो नितान्त मेरो सोच हो ।

होलान जिन्दगीका आफ्नै संघर्षहरु …… फेरि पनि म शब्दहरु कोर्दैछु, प्रेम लेख्दैछु र प्रेमसंगै तिमिलाई पनि कोर्दैछु । हो, कयौं पटक मैले तिम्रा कयौं सवालका जवाफहरु यसै टालेकि छु। तिमीसंग जिद्दी गरेकि छु। हुनात यो मैले प्रेमिका हुनुको हक अदा गरेकि हुला अनि तिमिले पनि प्रेमि हुनुको जिम्मेवारी बोध गरेर होला। तर म फेरि पनि म मेरा कयौं कुराहरुमा स्पष्ट छु, जस्तो मेरो स्वतन्त्रता, मेरो आत्मनिर्भता, मेरा सिमाहरु अनि तिमिसंगको असिमित प्रेम तिमीप्रतिको आदरभाव अनि तिमिप्रतिको जिम्मेवारी ........... ।

र, मलाई बोध छ सम्बन्ध मात्र सम्बन्ध हैन यो जिम्मेवारी पनि हो । सम्बन्धले आफूसंग कयौं सम्बन्ध र जिम्मेवारीहरु बोकेर आएको हुन्छ। जिम्मेवारीसंगै सम्बन्धमा उतारचढाव आउनु स्वभाविक हुन जान्छ ।तर जीवनका प्रत्यक क्षणहरुमा तिमि र म “हामी हुनु र रहनु महत्वपूर्ण कुरा हो। 

……… र यो सफरमा हामी सदा “हामी” रहिरहने छौ । जसरी म तिम्रो सम्पूर्ण संघर्षको साक्षी बनिरहेकी छु त्यसरी नै तिमी मेरो सम्पूर्ण संघर्षको हौसला हौ। प्रीय साथी यो साथको निम्ति,यो सानिध्यता अनि आफ्नोपनको निम्ति असिमित प्रेम … असिमित आदरभाव । 

 

 

Friday, August 22, 2025

कुशेऔंसी अनि बा




  

थाहा छैन       

जिन्दगीमा सम्झिनु पर्ने 

कुरा कति छन 

तर बिर्सन नसकिने 

तिमी छौ बा .... 


कति कुरा लेख्दा लेख्दै छुट्छन

कति कुरा भोग्दा भोग्दै छुट्छन 

यि सबैमा 

कहिल्यै नछुट्ने तिमी हौ बा .. 


कयौं कुरा पर्दा अगाडि 

भएर सुन्दर हुन्छन .. 

पर्दा पछाडिको सुन्दर दृश्य 

तिमी हौ बा .. 


जीवन उतारचढाव हो 

त्यो उतारचढावको 

पुल तिमी हौ बा .. बा हुन त 

कुशेऔंसी 

बाको मुख हेर्ने दिन हो भन्छन ,


तर बा किन किन 


मलाई लाग्छ आजको दिन  

यस्तो दिन हो 

जसले बाको संघर्ष

बाको प्रेमलाई सहजै 

झल्काइदिन्छ ,


अनि 

आँखा र हृदयलाई 

नम बनाइ दिन्छ …. 

बा प्रतिको श्रध्दालाई 

अझ फराकिलो बनाइदिन्छ ।

# कुशेऔंसी #Father'sDaY

Saturday, February 15, 2025

#प्रेम दिवस


प्रीयतम                                                                      


जसरी सुन्छौ तिमी 

मलाई

जसरी सम्झाउछौ

तिमी मलाई,


म मा पखेटा लगाएर 

जसरी मुस्कुराउछौ तिमी

…….

जसरी मेरा 

हर यात्राहरु सहज हुन 

ख्याल गर्छौ तिमी,


जसरी तिमी आफ्ना

अन्जुलीमा

मेरा आँसु अनि

आफ्नो हृदयमा

मेरा दुखहरु समेट्छौ,


मेरो विश्वासको

संसारलाई थामी

मैले निर्बाध उड्ने

आकासलाई

अझ फराकिलो बनाइदिन्छौ,


त्यतिबेला सोच्छु 

के प्रेम यो भन्दा भिन्न हुन्छ  र !


तब हलपल आफैसंग 

यहि बाचा हुन्छ कि !

तिम्रा साथहरुको मान 

राख्न सकु 

तिमीलाई तिमीले 

जस्तै गरी प्रेम गर्नु सकु 


माया 

तिमी मेरो निम्ति

त्यो आकास हौ 

जसले मेरो सम्पूर्ण 

धरातल थामेको छ ।।

#प्रेम दिवस #शुभकामना 


#ValentinesDay

प्रीयतम

प्रेम जीवनको 

सुन्दर अभिव्यक्ति हो

जसलाई

हरकसैले प्रेम गर्छ,

 

 र 

मेरो निम्ति तिमि 

त्यो हौ सौभाग्य

जसलाई 

म हरपल प्रेम सहित 

शिरमा सजाउन चाहन्छु, 

 

यो वसन्तको बहार

यो फागुको रङ्ग

अनि यो प्रेमको मौसम

 

यि सबै

प्रकृतिका सौन्दर्यहरुमा

सम्पूर्ण प्रेमको रङ्ग भरेर‪

 

यो प्रेमको दिनमा ‬

मैले तिमिलाई ‬

अनगिन्ती सम्झन सहित 

असिमित ‬प्रेम 

समर्पित गरेकि छु माया !!‬

#ValentinesDay

Friday, February 7, 2025

रोज डे

प्रीयतम

प्रेमको निम्ति

फूल चुढ्नु

कति न्याय होला,

 

त्यो पापको निम्ति

सिङ्गो बगौचाले

हामीलाई

माफि देला कि नदेला,

 

त्यो अपराध बोध

हामीमा होला कि नहोला

पाप सहितको प्रेम

कति भयानक होला,

 

उफ!

सम्झदा पनि

मन उकुसमुकुस हुन्छ,

 

त्यसैले

प्रीयतम बिन्ति

यो फूल

यो प्रीय गुलाफ

बगैमामा नै फूलोस !!

#HappY Rose DaY


प्रेमको झरी

सागर भेट्न आकास छोडेका  यि पानीका थोपाहरु कयौं जीवनमा  जीवन थप्दै हिडेका छन् फेरि कयौं जीवन आफैमा  सिमित गरिदिएका छन  म यी पानीका थोपामा  जी...