Yamunathapablog

Sunday, November 28, 2021

मेरो प्रेमसँगको यात्रा

तिम्रो सानिध्यतामा

मैले आफ्नो सम्पूर्ण छहारी भेटेकि छु,


जहाँ, 

थकाइ मारेका छन्

मेरा धड्कका बेगहरुले

आँखाका खोजहरुले,


जहाँ,

सकिएको छ 

मेरो प्रेमको पर्खाइ 

अनि सुरु भएको छ 

मेरो प्रेमसँगको यात्रा

जहाँ मैले महसुस गरेकि छु-


आफ्नो स्वतन्त्रता, 

आफ्नो निम्ति तिम्रो सहृदयीता 

अनगिन्ती स्नेह, प्रेमिल स्पर्श 

अनि तिम्रो आँखामा 

आफ्नो निम्ति इज्जत, 


जसको हरेक पललाई बाधेको छ 

विश्वास,आफ्नोपन र आत्मियताको डोरले,


जहाँ,

सहजै सुनिन्नछन् 

मुटुका धकधकहरु

सहजै अहिसास हुन्छन् 

एकाअर्काका रोदनहरु,


जहाँ,

आँखाले मुस्कुराएको छ प्रेम 

ओठले गुनगुनाएको छ प्रेम

अनि वसन्त बिना पनि

स्वयम् वसन्त बनेको छ प्रेम,


जसमा समाएको छ जुनको शितलता,

सूर्यको प्रताप, ताराको चमक 

अनि स्वयम् सप्तरङ्गी इन्द्रधनुष,


र,

त्यहाँ बसेको छ एउटा यस्तो बस्ती 

जहाँ मौलाएका छन् प्रेमका 

अनगिनती रहरहरु

फूलेका छन् प्रेमका सुन्दर फूलहरु  

जसको सुगन्धले मगमगाइ रहेको छ सम्पूर्ण समष्टी 

जसको नूरले चम्किरहेको छ सम्पूर्ण सृष्टि ।।



1 comment:

  1. Harrah's Casino and Racetrack - Mapyro
    › casino-and-racetrack › casino-and-racetrack The Harrah's Casino and 의정부 출장안마 Racetrack 충청북도 출장샵 in Harrah's Cherokee 강릉 출장샵 offers over 300 slots, 당진 출장샵 table games, live entertainment, an 아산 출장마사지 expansive casino gaming area,

    ReplyDelete

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...