होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा राखेर पढ्न थाल्छु । सोच्छु मैले त केही पढेकै रहेनछु । अझ पढ्नुपर्ने, जान्नु पर्ने, कैयौं कुराहरु बाँकी रहेछन । यस्तै क्रममा वरिष्ठ अधिवत्ता हरिप्रसाद उप्रेतीले जीवन, सङ्घर्ष अनि आफ्ना अनुभवलाई समेटेर लेख्नु भएको पुस्तक “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” पुस्तक पढ्न सुरु गरे । पुस्तक जब पढेर सके । ती किताबका शब्दमा यसरी हराएँ कि ती शब्दहरु मेरा मन मष्तिकमा गहिरो गरी समाउन पुगे । यसै पनि मलाई शब्दहरु खुब मन पर्छन् । त्यो पुस्तक पढिसकेपछि वरिष्ठ अधिवत्ता हरिप्रसाद उप्रेतीलाई “साहित्यकार हरिप्रसाद उप्रेती” भनेर सम्बोधन गर्न मन लाग्यो। पुस्तक सजिलो छ, बुझिने छ। कही कतै अल्झिन मन लाग्दैन, कही कतै पट्यार लाग्दैन र कही कतै पुस्तकलाई छोड्न मन लाग्दैन । लेखेकले आफ्नो जीवनका हरेक अवस्थालाई पूर्ण इमानदारिताका साथ यस पुस्कतमा उतार्नु भएको छ । ताप्लेजुङको विकट गाउँमा जन्मिएर वरिष्ठ अधिवत्ता अनि नेपाल बार एसोसिएसनको उपाध्यक्षसम्मको जीवन भोगाईमा आएका पारिवारिक, सामाजिक र पेसा व्यवसायका उतारचढाबलाई लेखकले बडो सुन्दरताका साथ पुस्तकामा पस्किनु भएको छ । एउटा सामान्य विद्यालयमा पढेर न्याय क्षेत्रको आकाशलाई अझ फराकिलो बनाउदै त्यो आकाशमा आफू पनि चम्किनु र त्यो आकाशलाई पनि चम्किलो बनाउनु कुनै सामान्य कुरा हैन ।
Yamuna Thapa
Blogger
Yamunathapablog
Tuesday, March 3, 2026
उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

Friday, October 24, 2025
समेट्न नसकिएको प्रेम

तिम्रा हरेक यात्राहरुमा मैले हरपल कामना गरेकि छु कि तिम्रो हरेक यात्रा पहिला भन्दा अझ सुन्दर र पूर्ण बनोस, जसरी तिमीसंगकोहरेक यात्रामा मैले पूर्णता महसुस गरेकि छु त्यसरी नै हाम्रा यादहरु साचेर गरिरहेको तिम्रो यो यात्रा पनि अझ सुन्दर र सम्पूर्ण प्रेममय बनोस मेरो शुभकामना। साँच्चै माया तिमीसंगको सामिप्यता यति गहिरो, यति सुन्दर अनि यति आत्मिक होला भनेर मैले कहिल्यै सोचिन हरेक पल सतहि सोच्ने केटि म थाहै नपाई कसरी तिमीसंग यति गहिराईमा डुब्न पुगे म आफै हैरान छु। हामीले बिताएका प्रत्यक क्षणहरुले तिम्रो आगामिक यात्राहरुमा पुनर्ताजगी भरीरहुन हावाका प्रत्यक झोकाले हाम्रो प्रेमको सुगन्ध छरिरहुन र तिम्रा यात्राहरुलाई सहज बनाइरहुन मेरो कामना।
Friday, August 22, 2025
कुशेऔंसी अनि बा
जिन्दगीमा सम्झिनु पर्ने
कुरा कति छन
तर बिर्सन नसकिने
तिमी छौ बा ....
कति कुरा लेख्दा लेख्दै छुट्छन
कति कुरा भोग्दा भोग्दै छुट्छन
यि सबैमा
कहिल्यै नछुट्ने तिमी हौ बा ..
कयौं कुरा पर्दा अगाडि
भएर सुन्दर हुन्छन ..
पर्दा पछाडिको सुन्दर दृश्य
तिमी हौ बा ..
जीवन उतारचढाव हो
त्यो उतारचढावको
पुल तिमी हौ बा .. बा हुन त
कुशेऔंसी
बाको मुख हेर्ने दिन हो भन्छन ,
तर बा किन किन
मलाई लाग्छ आजको दिन
यस्तो दिन हो
जसले बाको संघर्ष
बाको प्रेमलाई सहजै
झल्काइदिन्छ ,
अनि
आँखा र हृदयलाई
नम बनाइ दिन्छ ….
बा प्रतिको श्रध्दालाई
अझ फराकिलो बनाइदिन्छ ।
# कुशेऔंसी #Father'sDaY
Saturday, February 15, 2025
#प्रेम दिवस
प्रीयतम
जसरी सुन्छौ तिमी
मलाई
जसरी सम्झाउछौतिमी मलाई,
म मा पखेटा लगाएर
जसरी मुस्कुराउछौ तिमी
…….
जसरी मेरा
हर यात्राहरु सहज हुन
ख्याल गर्छौ तिमी,
जसरी तिमी आफ्ना
अन्जुलीमा
मेरा आँसु अनि
आफ्नो हृदयमा
मेरा दुखहरु समेट्छौ,
मेरो विश्वासको
संसारलाई थामी
मैले निर्बाध उड्ने
आकासलाई
अझ फराकिलो बनाइदिन्छौ,
त्यतिबेला सोच्छु
के प्रेम यो भन्दा भिन्न हुन्छ र !
तब हलपल आफैसंग
यहि बाचा हुन्छ कि !
तिम्रा साथहरुको मान
राख्न सकु
तिमीलाई तिमीले
जस्तै गरी प्रेम गर्नु सकु
माया
तिमी मेरो निम्ति
त्यो आकास हौ
जसले मेरो सम्पूर्ण
धरातल थामेको छ ।।
#प्रेम दिवस #शुभकामना
#ValentinesDay
प्रीयतम
प्रेम जीवनकोसुन्दर अभिव्यक्ति हो
जसलाई
हरकसैले प्रेम गर्छ,
र
मेरो निम्ति तिमि
त्यो हौ सौभाग्य
जसलाई
म हरपल प्रेम सहित
शिरमा सजाउन चाहन्छु,
यो वसन्तको बहार
यो फागुको रङ्ग
अनि यो प्रेमको मौसम
यि सबै
प्रकृतिका सौन्दर्यहरुमा
सम्पूर्ण प्रेमको रङ्ग भरेर
यो प्रेमको दिनमा
मैले तिमिलाई
अनगिन्ती सम्झन सहित
असिमित प्रेम
समर्पित गरेकि छु माया !!
#ValentinesDay
Friday, February 7, 2025
रोज डे
प्रेमको निम्ति
फूल चुढ्नु
कति न्याय होला,
त्यो पापको निम्ति
सिङ्गो बगौचाले
हामीलाई
माफि देला कि नदेला,
त्यो अपराध बोध
हामीमा होला कि नहोला
पाप सहितको प्रेम
कति भयानक होला,
उफ!
सम्झदा पनि
मन उकुसमुकुस हुन्छ,
त्यसैले
प्रीयतम बिन्ति
यो फूल
यो प्रीय गुलाफ
बगैमामा नै फूलोस !!
#HappY Rose DaY
Thursday, January 30, 2025
प्रीतका रङ्ग फागुसरी
प्रीयतम
बहार आउनु मात्र
पनि कहा बसन्त हो र
प्रीतका
हरपल बसन्तमय हुन्छन
यदी प्रीत
इमान्दारिता सहितको भए,
फूलहरु फूल्नु,
चराहरुले गीत गाउनु
मात्र पनि
बसन्तको रङ्गको
कहा हो र!
प्रीतका
हर रङ्ग फागुसरी हुन्छन
यदि
ति रङ्गमा
आफ्नोपन र प्रेम मिसिएछ भने,
त्यसैले म भन्दिन कि
बसन्त एकपटक मात्र आउछ
म मान्छु कि
प्रीतको रितमा
हर मौसम बसन्तमय हुन्छ !!
उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा
लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...
-
प्रीयतम आज संसारभर नारी दिवस मनाइदै छ , अझ भनौ महिला श्रमिक दिबस त्यो पनि ११२औ महिला श्रमिक दिवस । यो पटक पनि हरेक वर्ष जस्तै आज पनि ...
-
उसको नाममा कोरेका यी अनगिन्ती पत्रहरु अझ प्रेमपत्रहरु ऊ कोर्दै र फाल्दै गरिरहेकी छे यसै गर्दागर्दै कतिबेला उसको कोठकाे सानो डस्बिन भरिन्...
-
लामो समयको बाहिर बसाई पछि म यतिबेला आफ्नो गाउँमा आइपुगेगिछु । अझै भनौ नेपालमा चलिरहेको दोस्रो लकडाउनमा म आफ्नो घर आगनमा छु । लकडाउनले सहर ब...